

स्ववियुद्वारा शिद्वार्थ क्याम्पसमा शुभकामना आदानप्रदान



कपिलवस्तु । स्वतन्त्र विधार्थी युनियन (स्ववियु) सिद्धार्थ क्याम्पसले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्ववियुले क्याम्पसको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले विधार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न आग्रह गर्दै सिद्धार्थ क्याम्पसका विधार्थीहरुसंग अन्तरक्रिया गर्न चाहेको बताउनुभएको छ । प्रजिअ पाण्डेले आफुले विधार्थी जीवनमा अनुभव गरेका कुराहरु सुनाउँदै निरन्तर परिश्रम गरे एकदिन अवश्य सफल भईने बताउनुभयो । प्रजिअ पाण्डेले नेपालीहरुको दोस्रो ठुलो चाड शुभदिपावलीसंगै छठ पर्वको शुभकामना दिदैं आफ्ना संस्कृति, चालचलन, परम्परालाई जर्गेना गर्ने दायित्व सबैको भएको बताउनुभयो । प्रजिअ पाण्डेले विधार्थीलाई स्नातक तह उतीर्ण गरी प्राप्त भएपछि मात्र विवाह गर्न सुझाव दिनुभएको छ ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस व्यवस्थापन समिति अध्यक्ष झविलाल पोख्रेलले विधार्थीको हकअधिकारको लागी मात्र राजनिति गर्न आग्रह गर्नुभयो । अध्यक्ष पोख्रेलले शुभदिपावली तथा छठ पर्वको शुभकामना दिदै विधार्थीहरुलाई पढाईमा लगनशील हुदै आफ्नो गन्तव्य तर्फ उन्मुख हुन आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु सभापति सुसील खत्रीले विधार्थीको हकअधिकारको लागी आफुले निरन्तर आवाज उठाउदैं आएको बताउनुभएको छ । क्याम्पसमा विधार्थीहरुको सेवासुविधाको लागी विगतदेखि नै पहली कदम चालेको भन्दै सभापति खत्रीले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । विधार्थीहरुको सर्वाङगीण विकासका लागी स्ववियुले क्याम्पसमा धेरै महत्वपूर्ण काम गरेको सभापति खत्रीको दाबी छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया