

विजयनगरमा साथीसँग मिलेर बुवाको हत्या, दुईजना पक्राउ



कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विजयनगर ६ का २६ वर्षीय जयन पुन मगर र विजयनगर ९ का २४ वर्षीय मुकेश महरा छन् । मगर थापाका झड्केला छोरा हुन् । आफ्नी आमालाई दुःख दिएको आरोपमा उनले महराको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।
थापाको कात्तिक ४ गते विजयनगर गाउँपालिका–५ बनगाईस्थित पोखरीमा शव फेला परेको थियो । प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो । त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए । लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा शव फालेको प्रहरीले जनाएको छ । आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान उनले दिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयनगर ६ मा बस्दै आएका थिए । त्यदिन महरा र मगर दुबैले मादक पदार्थ सेवन गरेका थिए। दुबैले राति १० बजे थापालाई बोलाई लु४६प ४१८९ मा चढाएर विजयनगर–५ पोखरीनजिक पु¥याएका थिए। कुटपिट गर्दा ज्यान गएपछि पोखरीमा फालिदिएका थिए । दुबैलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको भण्डारीले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया