

कपिलवस्तुको कपिलधाममा मनाइयो धनवन्तरी जयन्ती



कपिलवस्तु ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज कपिलवस्तु सहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइएको हो । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।
सोही अवसरमा जिल्ला आयुर्वेद कार्यालय कपिलवस्तुले पनि विविध कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको जनाएको छ । “आयुर्बेद बिकासको आधार, जनशक्ती बिकास र पुर्बाधार” भन्ने मुल नाराका साथ दिवसको अवसरमा औषधी व्यावसायी संघ जिल्ला शाखाले कपिलधाम आरोग्य मन्दिर बाणगंगामा पुजा आरधाना गर्दै मनाइएको आयुर्वेद कार्यालय कपिलवस्तुका अध्यक्ष गोपाल वन्जाडे जानकारी दिनु भयो ।
कार्यक्रममा योग प्रवर्द्धक योगगुरु आत्माराम आचार्यले योग आयुर्वेद तथा प्राकृतिक चिकित्साको संयोजनबाट रोगको उपचार गरेमा धेरै रोग स्वतः निको हुने बताउनु भयो । उहाँले आयुर्वेद औषधीय पद्धतीको उपचारले मानिसको शरिरमा हुने फाइदाका विषयमा सहिभागितहरुलाई जानकारी गराउँदैँ दिवस र जयन्तीको महत्व बारे प्रकाश पार्नु भयो ।
कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका बेदुराम पोख्रेल, मेलान जिल्ला अध्यक्ष गोपाल खनाल लगायतले आयुर्वेद औषधीले शरिरमा नोक्सानी नुहने र शरिरलाई फुर्तिलो बनाउने जस्ता कार्य गर्ने भएकाले घरेलु तथा आयुर्वेद औषधी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कायक्रममा कपिलधाम आरोग्य मन्दिरका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामलाई धवन्तरि धामको रुपमा बिकास गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । कपिलधामलाई योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको क्षेत्रबाट चिनाउन आफू लागिपरेको हुनाले सबैलाई सहयोग गर्न अनुरोध समेत गर्नु भयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया