

कपिलवस्तुमा देउसी खेल्ने विषयमा जिल्ला प्रशासनको आयो यस्तो आग्रह



कपिलवस्तु ।
गत वर्ष कोरोना महामारीका कारण नेपालीहरुका मुख्य चाडपर्वहरु प्रभावित भए पनि यस वर्ष भने सामान्य किसिमले पर्वहरु मनाउने वातावरण बनेको छ । पछिल्ला केही महिना यता नेपालमा कोरोना संक्रमण दरमा कमी आए सँगै जिल्ला प्रशासन कार्यालले जारी गरेको निषेधाज्ञा समेत खुकुलो छ ।
यस अघि नेपाली हिन्दु नारीहरुको मुख्य पर्व हरितालिका तीज पर्व सामान्य किमिसले सुरक्षा सतर्कताका साथ मनाइयो भने हालै विजया दशमी पर्व पनि हर्षोउल्लासका साथ देशभर मनाइएको छ । अब मुखैमा आएको नेपालीहरुको दोस्रो महाना पर्व तिहार पनि खुसीका साथ मनाउने तयारी छ ।
विशेष गरी तिहारका बेला रौनकको रुपमा मानिने देउसी र भैलो कार्यक्रमले तिहारलाई थप उत्साहपूर्ण बनाउने गर्दछ । यतीबेला कपिलवस्तुमा कोरोनाको जोखिम कम रहेका कारण प्रशासनले समेत देउसी तथा भैलो कार्यक्रम संचालनको अनुमति दिएको छ । जिल्ला सुरक्षा समितिले बनाएको विभिन्न शर्तसहितको फारम भरे पनि कपिलवस्तुमा देउसी भैली खेल्न पाउने गरी अनुमति दिइएको हो । तर चावडपर्व मनाउने विषयमा प्रशासनले बाध्यकारी नियम बनाएको भन्दै कतिपय क्षेत्रमा यसको आलोचना पनि भएको छ । यद्यपी जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तिहारका बेला खेलिने देउसी भैलो कार्यक्रम संचालन पूर्व नजिकको प्रहरी कार्यालयमा समन्वय गरी सचालन गर्न भनेको छ । त्यस्तै देउसी भैलो कार्यक्रममा प्रयोग गरीने साउण्ड सिस्टमको आवज ७० डेसिमल भन्दा बढी नहुने गरी बजाउन पनि आग्रह गरीएको छ । यस्तै विहान ७ बजेदेखि राति ८ बजेसम्म देउसी–भैली खेल्ने समयसिमा तोकिएको छ ।
यसैबिच दशैँ सकिए लगत्तै तिहारको रौनक सुरु हुने कपिलवस्तुमा यस वर्ष भने तिहारको उत्सव सामान्य छ । बजारमा मानिसको चहलपहल, तिहार विशेष सामाग्रीहरुको खरिद विक्रि तथा देउसी कार्यक्रमको पुर्व तयारी लगाएतका गतिविधि यस वर्ष देखिएका छैनन । कोरोनाको जोखिमका कारण पनि यस वर्ष नागरिकहरु चाडपर्वलाई सामान्य किसिमले पारिवारीक सद्ुभावका साथ मनाउने तयारी गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी












प्रतिक्रिया