मजदुर सुकुम्बासीहरु माथी सरकारले गरेको बर्बर दमन निन्दनीय छ – न्यौपाने

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार चारजना नागरिकको ज्यान जानेगरि भएको घटनाप्रति ने. क. पा.का प्रदेश सहईन्चार्ज एवं पार्टी केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले आफ्नो र आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

रुपन्देहीको बुटवल १७ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार स्थानीय र प्रहरीबिच झडप हुँदा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।
बुटवलका मजदुर सुकुम्बासीहरु माथी सरकारले गरेको बर्बर दमन र नृशन्स हत्याको जति निन्दा गरेपनि कम हुने । देशभरी दशैको रमझम बढ्दै गइरहेको उल्लासमय समयमा ती गरिब सुकुम्बासी परिवारमाथि पर्नगएको यो बज्रपात समयले अवश्य हिसाब किताब गर्ने बताए ।

सो घटनामा दर्जनौं प्रहरी तथा केहि सञ्चारकर्मी समेत घाइते हुनु दुखद रहेको भन्दै प्रहरीले अत्याधिक बल प्रयोग गरि नागरिकको ज्यान जानु निन्दनीय कार्य भएको उनको ठहर छ ।

हरेक नागरिकको जीवनको रक्षागर्ने अभिभावकत्व जिम्मेबारी पनि राज्य कै भएको र जस्तोसुकै परिस्थितीमा पनि राज्यले संयमता गुमाउन नहुने न्यौपानेले बताए ।

सो घटनाको कारक तत्व जग्गा प्रकरणमा सम्बन्धमा सम्बन्धित निकाय,राजनैतिक दल ,नागरिक समाज,तथा अन्य सरोकारवालाहरुसंग बिस्तृत छलफल र परामर्श गरि गहन संवादगरि शान्तिपूर्वक निकास निकाल्न प्रशासन समक्ष उनले आग्रह समेत गरेका छ्न ।

’उक्त घटनामा घाइते भएका सम्पूर्ण ब्याक्तिहरुको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेबारी राज्यलाइ लिनुपर्ने र घटनाको निश्पक्ष छानबिन गर्न सरकारसमक्ष आफू र आफ्नो पार्टी नेकपा एमालेको माग रहेको बताउनु भयो।

चार्डवार्ड्को मुखमै यस घटनाद्वारा उत्पन्न भएको बिषम परिस्थितीमा मोतिपुर क्षेत्रमा शान्ति सुब्यबस्था कायम गर्ने,त्रसित नागरिकको जीवनलाइ सामान्यीकरण हुनुपर्ने बताए यस बर्बरताको घोर निन्दा र भर्त्सना गर्दै मृतकहरु प्रती श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन,आफन्त र वर्गजनमा हार्दिक समवेदना व्यक्त समेत गर्नुभयो ।

प्रतिक्रिया