

नेपाल दलित संघद्वारा शुभकामना आदान प्रदान



रामबहादुर गन्धर्व, कपिलवस्तु ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्ला कार्य समिति कपिलवस्तुद्वारा २०७८सालको बिजयदशमीको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान पार्टी कार्यालय तौलिहवामा समपन्न गरेको छ।
पार्टीमा विभिन्न पालिकाबाट र्निर्वाचित नगर सभापतिहरू, विभिन्न वडा सभापतिहरूलाई दोसल्ला सहित सम्मान पनि गरिएको छ । बाणगंङ्गा नगरपालिका सभापति बिष्णु थापा, महाराजगन्ज न.पा.का कृष्णनगर न.पा.का रामअचल कुर्मी रहेका छन्
त्यस्तै वडा सभापतिहरूमा बेचन चमार, जोखु पासी ,उमेश पासी ,सत्यस्वर हरिजन र पुजारी पत्थरकट्टा रहेका छन् भने पार्टीमा रहि संकटकालमा इकाई सभापतिको भुमिका निर्वाह गरेको भन्दै रणबहादुर सुनारलाई पनि उच्च मुल्यांकन सहित सम्मान गरेको छ।
सम्मानित भएका सभापतिहरूलाई खुर्सेद अहमद, मिना के.सी. मिना बि.क.रबि ठाकुर लगाएतले सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेस सभा सदस्य माला गोतामेले दलित समुदाय अहिले पनि आर्थिक पहुँचबाट टाढा रहेको बताउदै आफुहरू उच्च ओहोदामा रहे पनि जातिय विभेद खेप्नुपरेको भन्दै अधिकार प्राप्तिका लागि सम्पूर्ण दलित एक हुनु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै केन्द्रीय सदस्य समेत रहनु भएका रामदेव पासीले दलितहरूको संगठन पार्टीलाई बलियो बनाउने एउटा अंग भएको भन्दै दलितहरू सगठित हुनु पर्नेम जोड दिनु भयो ।
पार्टीका विभिन्न भातृ संगठनको सहभागिता ÷विभिन्न तपकाका पदाधिकारीहरूको आतिथ्यता रहेको कार्यक्रम जिल्ला सभापति डम्मरसिंह सुनारको सभापतित्व ,सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता सहित स सचिव अनिता श्रीमालको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया