

एमालेको विधान महाधिवेशन : कपिलवस्तुबाट ४० जनालाई पठाउने निर्णय



कपिलवस्तु । असोज १५ देखी १७ गतेसम्म काठमाडौंमा हुने विधान महाधिवेशनमा कपिलवस्तु जिल्लाबाट ४० जना सहभागि हुने एमाले कपिलवस्तुले जनाएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नं। १ बाट १७ जना, २ बाट ११ जना र ३ बाट १२ जनाको सहभागिता रहने एमाले कपिलवस्तुले जनाएको हो ।
विधान महाधिवेशनको तयारी लगायतका विषयतमा केन्द्रित जिल्ला पदाधिकारीको वैठक मंगलबार जितपुरमा सम्पन्न भएकोे एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताउनु भयो । वैठकले जिल्ला सचिव बाबुराम आचार्यकी ममतामयी माता जानकी देवी आचार्यको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै १० औं दिनको पृष्यतिथीमा असोज १९ गते तिरात्तमा ३ योगीकुटीमा शोक सभा सम्पन्न गर्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता, एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारीको प्रमुख आतिथ्यता रहेको वैठकमा एमाले प्रदेश कमिटी सदस्यद्धय डम्मर शर्मा, टेकराज पौडेल लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया