लक्ष्मणघाट सामाजिक विकास संस्थाको नयाँ नेतृतव चयन

सागर पौडेल, कपिलवस्तु
लक्ष्मणघाट सामाजिक विकास संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लक्ष्मणघाट सामाजिक विकास संस्थाको आगामी नेतृत्वका लागि ओमप्रकाश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरीएको छ । समितिको उपाध्यक्षमा थानेश्वर अधिकारी, सचिवमा सन्दिप न्यौपाने, कोषाध्यक्षमा अञ्जित खनाल र सह सचिवमा सरिता थारु चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा दिनेश चौधरी, विनोद खनाल, मिना आले, भोजराज बञ्जाडे, नमराज शर्मा, सीता थारु गरी एघार सदस्यीय समिति गठन गरिएको हो ।

कार्यक्रममा संस्थाका वार्षिक गतिविधि पूर्व सचिव थानेश्वर अधिकारीले सार्वजनिक गरेका थिए भने संस्थाका कोषाध्यक्ष सन्दिप न्यौपानेले वार्षिक आर्थिक प्रतिवेशन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहाकार सुकदेव थारुको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै वडा नम्बर ७ का वडा सचिव कृष्ण खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासे लगाएतको उपस्थिति रहेको थियो ।

सम्पन्न साधारण सभा तथा अधिवेशन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रनबहादुर काउचाले संस्थाको दिगो विकासका लागि नयाँ कार्यसमितिले अहम भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। यस्तै उनले सबै युवाहरुलाई संगठित गरी सामाजिक विकासका कार्यमा अग्रसर हुनुपर्ने बताए । उनले आफ्नो पनि सदैव सहयोगी भुमिका रहने प्रतिवद्धता जनाएका छन् ।

यस्तै वडा अध्यक्ष सुकदेव थारुले वडामा प्राप्त बजेट यस संस्थाको विकासका लागि विनियोजन गर्ने गरी आफुले वडाबाट काम गर्ने बताए । उनले लक्ष्मणघाटको विकासका लागि संस्थाले सुरुवात गरेको र यसमा वडा कार्यालय पनि हातेमालो गर्दे अगाडी बढ्ने बताए ।

प्रतिक्रिया

खबर सबै