राष्ट्रिय युवा संघ बाणगंगा ६ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

कपिलवस्तु

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु नगर, गाउँ तथा वडा कमिटि विस्तारमा तिब्र रुपमा लागेको छ ।

सोहि क्रममा भब्य र सभ्य रुपमा बाणगंगा नगर कमिटि गठन गरियो । सोहि बाणगंगा नगर समितिले नगरपालिकाका ११ वटै वडामा युवा सघ वडा कमिटि गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
सोहि क्रममा असोज ४ गते सोमबारका दिन बाणगंगा नगरपालिका वडा नं. ६ वडा कमिटि गठन गर्ने कार्यक्रम आयोजना गरिएकोे छ ।
कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको वडा ईन्चार्ज दिपक बेल्बासेले जानकारी दिएका छन् । त्यस्तै  युवा संघका बाणगगा नगर  सदस्य कृष्ण गैरे ( जिरे) ले वार्ड अधिवेशनमा आफ्न सम्पुर्ण वार्डमा रहेका युवा जुझारु पार्टी प्रेमिलाई कार्यक्रममा सहभागी भई सभ्य र भब्य  तरिकाले सफल गराउनु पर्ने समेत बताएका छन ।

नगर समितिको अधिवेशनले प्रत्येक वडाका ईन्चार्ज चयन गरेको थियो । वडा नं. ६ का वडा ईन्चार्ज दिपक बेल्बासेका र नगर सदस्य कृष्ण गैरे (जिरे),सिर्जना भुसाल अधिकारीका अनुसार वडा कमटि गठनमा करिव २ सय नेकपा एमाले निकट कार्यकर्ताहरुको उपस्थिती गराउने उद्देश्यका साथ कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताएका छन ।

प्रतिक्रिया