

कपिलवस्तु प्रहरीको सफलता, चार दिनमा २०७ जना फरार अभियुक्त पक्राउ



फरार अभियुक्त पक्राउको अभियान अपरेसन ‘फप’ अन्तर्गत चार दिनमा ती अभियुक्त पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।
कार्कीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जम्मा १४१ जना फरार अभियुक्त पक्राउ परेका थिए। चार दिनको अवधिमा त्यसको डेढ गुणा फरार व्यक्ति पक्राउ परेको उनले बताए।
प्रहरीले २६ गते ८१, २७ गते ७४, २८ गते २२, २९ गते ३० जना पक्राउ गरेको हो। पक्राउ परेकामा कुटपिट, सवारी ज्यान, अंश, वन पैदावार, लागुऔषध लगायत मुद्दाका अभियुक्त छन्।
मुद्दा सानै भए पनि लामो समयदेखि पक्राउको प्राथमिकतामा नपरेका अभियुक्तलाई खोजी गर्ने सिलसिला चलाइएको प्रहरी उपरीक्षक कार्कीले बताए।
‘वर्षौंदेखि फरार रहे पनि प्रहरीले प्राथमिकता नदिँदा समाजमा खुलेआम हिँडिरहेका व्यक्ति छन्,’ उनले भने, ‘शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा हामीले पक्राउ गरेका हौं, अपराध गरेपछि कानुनको दायरामा पुगिन्छ भन्ने सन्देश पनि हो।’


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया