भलवाड स्थित काेइलीकाे कज्वेले बगायाे माेटरसाइकल

कपिलवस्तुको काेइली नदीले फेरि अर्को दुर्घटना निम्ताएकाे छ । वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित काेइली नदिले मंगलबार एक मेटरसाइकल बगाएको छ । वाणगंगा स्थित पिपराका राेमन गहाकाे माेटरसाइकल बगाएकाे हाे । नदिकाे वहाव उच्च रहेका बेला उनले चलाएकाे माेटरसाइकल नदीले बगाएकाे हाे । यद्यपि चालक गाह भने सकुसल रहेका छन् । बाढीअझै नघटेका कारण सँझ सम्म पनि माेटरसाइकलकाे टुङ्गो लागेकाे छैन । चालक गाहा अर्घाखाँचीकाे मुसिवानबाट आउदै गरेका थिए ।

प्रतिक्रिया

खबर सबै