

देउवा र निधिबीच बालुवाटारमा वार्ता, पौडेलसँग असन्तुष्टि



काठमाडौं
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको छ ।
देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले आफ्नो संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसम्मतिबाट पारित गरिसकेको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद निकालेको बताएका छन् । पौडेल पक्षको आग्रहमा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहित जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्ति गरेका छन् । सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
समायोजनको बाँकी काम सक्न बैठक राख्न पनि पौडेलले असहयोग गरेको भन्दै निधिले निर्णय खोल्दै र फेर्दै जाने हो भने समायोजन समितिको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका थिए ।
आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा






प्रतिक्रिया