

जुम्लामा लक्ष्यभन्दा ७ करोड बढी राजस्व उठ्यो



जुम्ला
जुम्लामा आर्थिक वर्ष २०७७/०७८ को राजस्व संकलन लक्ष्यभन्दा बढी भएको छ । कोरोना कहरका बीच पनि राजस्व संकलन उत्साहजनक रूपमा भएको छ ।
आन्तरिक राजस्व कार्यालय जुम्लाले विभिन्न शिर्षकमा आव २०७७/०७८ मा ३२ करोड ९८ लाख ९८ हजार अर्थात् १२९ प्रतिशत राजस्व संकलन गरेको हो । जुम्लामा लक्ष्यभन्दा सात करोड अर्थात् २९ प्रतिशत बढी राजस्व संकलन भएको छ । यो रेकर्ड धेरै आर्थिक वर्षयताकै सबैभन्दा बढी राजस्व संकलन हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत युवराज बस्नेतले भने, “आव २०७७/०७८ वार्षिक राजस्व संकलनका लक्ष्य २५ करोड ५४ लाख ४३ हजार थियो । कोरोनाले लक्ष्य नभेटिने चिन्तामा थियौं । तर तेस्रो चौमासिक यता राजस्व संकलन उल्लेखनीय रूपमा वृद्धि भई लक्ष्यभन्दा २९ प्रतिशत अर्थात् सात करोड बढी राजस्व उठेको छ ।”
आन्तरिक कर परीक्षण तथा अनुसन्धानलाई बढाउँदा र करको दायरालाई विस्तार सँंगै गाउँगाउँमा करशिक्षा दिएकै कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कर अधिकृत बस्नेतको भनाइ छ । सरकारी ठेक्का पठ्ठाको मूल्यअभिवृद्धि कर भुक्तानी गर्दा भएको भएको मुअ कर गएको जेठ १५ सम्म ५० प्रतिशत र जेठ १५ पछि ३० प्रतिशत रकम दाखिला गर्दा राजस्व संकलन ह्वात्तै बढेको कार्यालयले जनाएको छ ।
साथै, बितेको आर्थिक वर्षमा जुम्लामा २ हजार १५१ जना करदाता थपिएका छन् । जसमा भ्याटतर्फ १८६ जना, आयकरतर्फ १८ सय ६१ जना र अन्तःशुल्कतर्फ २३१ गरी २ हजार १५१ जना थपिएका हुन् । आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार हालसम्म जुम्लामा कुल ११ हजार ८८३ जना करदाता रहेका छन् । जसमा सबैभन्दा बढी आयकरमा ११ हजार २५ जना छन् भने भ्याटमा १ हजार २७५ र अन्तःशुल्कमा ४८० जना रहेका छन् ।
कुन शीर्षकबाट कति उठ्यो राजस्व ?
आन्तरिक राजस्व कार्यालय जुम्लाले विभिन्न २८ वटा शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ । जसमा सबैभन्दा बढी परामर्श तथा ठेक्कापट्टा शीर्षकबाट ११ करोड २४ लाख ९ हजार राजस्व संकलन भएको छ । त्यस्तै, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट २ करोड ८२ लाख ७६ हजार, अन्तःशुल्क मदिराबाट ५९ लाख ४७ हजार ७ सय, वस्तु बिक्री तथा वितरणवापत २ करोड ९८ लाख ५१ हजार दुई सय, पारिश्रमिक कर ६ करोड ९२ लाख ३३ हजार आठ सय राजस्व उठेको छ ।
साथै, प्राइभेट लिमिटेड कम्पन्नीहरूबाट ३८ लाख ६९ हजार सम्पत्ती बहाल तथा पट्टा बापत आयमा लाग्ने कर ६२ लाख ५६ हजार ३ सय ब्याजमा लाग्ने कर २७ लाख ९९ हजार ५ सय राजस्व संकलन भएको छ ।
त्यस्तै, एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर ६ करोड ४३ लाख ४१ हजार ४ सय, पुँजीगत लाभकरवापत ४ लाख ६० हजारलगायतका २८ वटा शीर्षक गरी लक्ष्यभन्दा २९ प्रतिशतले बढेर ३२ करोड ९८ लाख ९८ हजार राजस्व संकलन भएको कर अधिकृत युवराज बस्नेतले बताए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया