

निषेद्याज्ञाको अवज्ञा गर्दै कपिलबस्तुमा विद्यालय सञ्चालन



कपिलबस्तु
निषेद्याज्ञाको अवज्ञा गर्दै कपिलवस्तुमा विद्यालय सञ्चालन गरिएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका १ महाराजगन्ज स्थित एक निजी विद्यालयले भौतिक रुपमै कक्षा सञ्चालन गरेको विद्यार्थीहरुद्धारा नै जानकारी भएको छ । नगर भित्र रहेको न्यू शिशु ईङ्गलिश बोर्डिङ स्कूलमा विद्यार्थीको उपस्थित गराई पठनपाठन गराउँदै आएको हो । जिल्लामा निषेद्याज्ञा जारी छ । विद्यालय लगायत भीड हुने कुनैपनि संघसंस्था सञ्चालन र गतिविधि नगर्न भनिएको छ ।
विद्यालयका प्राचार्य शिवप्रसाद गैरले बिहान ७ बजे देखि १०ः३० बजेसम्म विद्यालय सञ्चालन भएको स्विकार गरेका छन् । उनले भने ‘सावधानी अपनाएर हामीले बालबालिकाहरुलाई ट्यूसन जस्तै पढाइरहेका छौं ।’ महाराजगन्ज नगरपालिका शिक्षा शाखा प्रमुख रेश्मीराज अर्यालले भने विद्यालय सञ्चालन गर्ने सूचना नगरेको बताए । उनले भने –‘हामीले विद्यालय सञ्चालन गर्न को लागि कुनै आदेश दिएका छैनौं । लुकिछिपी स्कूल संचालन गरे होलान् । नगरपालिकाले स्कूल संचालन गर्नको लागि भनेको छैन।
जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिले शैक्षिक संस्था विद्यालय , कलेज,ट्यूसन सेन्टर र तालिम केन्द्र भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने निणर्य गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका निणर्यलाई नमानी महाराजगन्ज स्थित न्यू शिशु ईङ्गलिश बोर्डिङ्ग स्कूलले भने भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्दा जोखिम बढेको अभिभावकहरुले जनाएका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया