शिवराज नगरपालिकामा भयो एक वर्षमा १३ किलोमिटर सडक कालोपत्र

कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा नगर मित्रको कुल १३ किलोमिटर सडक कालोपत्र गरेको छ । कालोपत्रे हुन बाकीँ रहेका ग्राभेल सडकहरु मध्ये अधिकाशं सडकलाई प्रथामिकताका सथा योजनामा राखि कालोपत्रे गरिएको नगपरपालिकाले जनाएको हो ।
योजना निर्माणको पहिलो वर्ष देखि नै सडक पुर्वाधारलाई उच्च प्राथामिकतामा राखेको शिवराज नगरपालिकाले पछिल्लो चार वर्ष सडक कालोपत्रे र स्तरोन्नतीनका कामलाई बढी जोड दिएको नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताउनुभयो । आउँदो वर्षका लागि पनि नगरपालिकाले सडक कालोपत्रे र अधुरा आयोजनामा बढी बजेट लगानी गर्दै छ ।
नगरपालिकाले एक वर्षमा २५ किलोमिटर सडकलाई स्तरोन्नति गर्दै ग्राभेल गरेको नगरपालिकाका सबइन्जिनयर नारायण बोहोराले जानकारी दिनुभएको छ ।
बोहोराका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै तीन किलोमिटर सडक आरसीसी, सामुदायिक भवन, धर्मशाला, दुई किलोमिटर नाली र दुई वटा कल्भर्ट निर्माण भएका छन् ।
निर्माण सम्पन्न भएका सडक अनुगमन गरिएको र त्यसको प्रभावकारीता र गुणस्तरीयताको उच्चतमह ख्याल गरिएको उपमेयर शिवकुमारी थारुले बताउनुभयो । नगरपालिकाका हरेक वडाहरुलाई सडक पुर्वाधार विकासमा उच्च तहमा पु¥याउने उद्देश्य सहित सडक निर्माण र कालोपत्रेमा ध्यान दिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै