

बजेट पास गरेर मात्र खर्च गर्न अर्थले स्थानीय तहहरुलाई सचेत गरायो



काठमाडौं
स्थानीय तहले १० असार भित्र सम्बन्धित तहको सभामा बजेट पेश गर्नुपर्छ । असार मसान्त भित्र बजेट पास गरि १ साउनबाट कार्यान्वयनमा जानु पर्छ । तर, कतिपय स्थानीय तहले बजेट नै पेस नगरेको भन्दै अर्थ मन्त्रालयले बजेट पास नगर खर्च गर्न नपाइने प्रावधानबारे सचेत गराएको छ ।
समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई आगामी आवको वित्तीय हस्तान्तरणमा कार्यसम्पदान मूल्यांकनमा कम अंक दिने गरिन्छ । जसले गर्दा उनीहरुले संघबाट प्राप्त गर्ने अनुदान प्रभावित हुन जान्छ ।
अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बजेट पास नगरेका स्थानीय तहलाई पत्र लेख्दै समयमै बजेट पेश गरी पास गर्न भनेको छ । बजेट पास गरेपछि मात्र खर्च गर्न अर्थले सचेत गराएको छ ।
यसको विवरण स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न समेत अर्थले स्थानीय सरकारहरुसँग आग्रह गरेको छ । नेपालमा संघीय बजेट १५ जेठमा आउने प्रावधान छ ।
यसका आधारमा प्रदेश सरकारहरुले १ असारमा बजेट ल्याउँछन् । स्थानीय सरकारले भने १० असारमा बजेट ल्याउनु पर्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रणाली अनुसार अझै २८९ स्थानीय तहको बजेट आउन बाँकी रहेको देखिन्छ ।
तर, कतिपय स्थानीय तहले बजेट ल्याएर पनि प्रणालीमा प्रविष्ट गर्न नभ्याउँदा बजेट नआएको सूचीमै उनीहरुको नाम समेत देखिन्छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया