चाेरीकाे कार सहित दाङबाट एकजना पक्राउ

धादिङबाट चोरेर ल्याएको कारसहित दाङ तुलसीपुरका एक किशोर पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्युरोडका १७ बर्षीय नवीन सार्की मंगलबार तुलसीपुरमा बा १६ च ८७३५ नम्बरको कारसहित पक्राउ परेका हुन ।
उनले असार १५ गते राति उक्त कार धादिङबाट चोरेर ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उक्त कार धादिङका दिनेश रुपाखेतीको रहेको भन्ने खुल्न आएको बताए ।

कार चोरीको अभियोग खेपेका सार्कीका बिरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा यसअघि पनि दुईवटा चोरी मुद्दा दर्ता भएको देखिन आएको प्रहरीले जनाएको छ ।

उनले एउटा कार र एउटा मोटरसाईकल चोरी गरेको मुद्दा रहेको डिएसपी अर्यालले बताए । त्यो बाहेक सार्की दुई पटक ३/३ महिना गरि ६ महिना सुधार गृहमा बसेको देखिन आएको प्रहरीले जनाएको छ ।
असार १५ गते राति कार धनी रुपाखेती राजमार्ग छेउमै घर अगाडि धादिङको महादेबबेसीमा पार्किङमा राखेको कार त्यसदिन लक गर्न बिर्सेको खुल्न आएको छ ।

डिएसपी अर्यालका अनुसार सार्कीले ४० हजारमा कबाड उद्योग सञ्चालकलाई काट्नका लागि कार बेच्न जाँदै गर्दा पक्राउ परेका थिए

प्रतिक्रिया

खबर सबै