

भारतले चीनसँगको सीमामा थप ५० हजार सेना पठायो

भारत
भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको ध्यान पाकिस्तानसँगको सीमामा रहँदै आएको थियो । भारत र पाकिस्तानबीच विवादित कश्मीरलाई लिएर तीनपटक युद्ध भइसकेको छ । तर, गत वर्ष चीनसँग भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले इस्लामावादसँगको तनाव कम गर्दै आफ्नो ध्यान बेइजिङलाई काउन्टर दिन केन्द्रित गरेको छ ।
पछिल्ला केही महिनामा भारतले आफ्ना सैनिक र लडाकु विमानलाई भारत–चीन सीमाका तीन महत्त्वपूर्ण क्षेत्रमा तैनाथ गरेको स्रोतको हवाला दिँदै लाइभमिन्ट डटकमले उल्लेख गरेको छ । भारतले अहिले चीनसँगको सीमामा कम्तीमा २ लाख सेना खटाएको छ । जुन पछिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको समाचारमा उल्लेख गरिएको छ । यस विषयमा भारतीय सेना र प्रधानमन्त्री कार्यालयका प्रवक्तासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनीहरूले भने कुनै जवाफ नदिएको समाचारमा बताइएको छ ।
यसअघि सम्भावित चिनियाँ कदमलाई रोक्ने मात्र भारतीय सेनाको रणनीति हुन्थ्यो भने यसपटक सेना थप आक्रामक हुने बताइएको छ । यस रणनीतिलाई ‘अफेन्सिभ डिफेन्स’ भनिएको छ । जसमा सेनाहरूलाई एक ठाउँबाट अर्को ठाउँ लैजान थप हेलिकप्टर तैनाथ गर्ने, एम७७७ आर्टिलरी लगायत तैनाथ गर्ने लगायत छन् ।
चीनले हाल भारतसँगको सीमामा कति सेना तैनाथ गरेको छ भन्ने यकिन तथ्याङ्क छैन । तर, पछिल्लो पटक चीनले तिब्बतबाट सिन्जियाङ मिलिटरी कमान्डमा थप सैनिक पठाएको छ । विवादित हिमालय क्षेत्रमा पेट्रोलिङ गर्ने जिम्मा यस कमान्डको रहेको छ ।
त्यस्तै चीनले सो क्षेत्रमा युद्धविमान राख्न बमप्रुफ बंकर, नयाँ एयरफिल्ड लगायत निर्माणलाई तीव्रता दिएको छ भने पछिल्ला केही महिनामा लामो दुरीको आर्टिलरी, ट्यांक, रकेट रेजिमेन्ट र दुई इन्जिन भएको फाइटरहरु थप गरेको छ ।
यता भारतले चीनविरुद्ध आफ्ना क्वाड पार्टनर – अमेरिका, जापान र अस्ट्रेलियासँग सुरक्षा सहकार्यलाई पनि बढाएको छ ।
स्रोत : लाइभमिन्ट


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया