कछुवाको गतिमा हुलाकी सडक खण्ड अन्तर्गत तौलिहवा – कृष्णनगर जोड्ने सडक

सागर पौडेल/कपिलवस्तु

हुलाकी सडक खण्ड अन्तर्गत तौलिहवा —कृष्णनगर जोड्ने सडक योजनाको काम जिम्मा पाएको शर्मा एन्ड शर्मा कम्पनीले कार्य सप्पन्न गर्न ढिलासुस्ती गर्दा अहिले स्थानीयलाई समस्य परेको छ ।

कपिलबस्तु नगरपालिका वडा १ नयाँटोलमा निर्माण हुँदै गरेको कपिलबस्तु देखि कृष्णनगर जोडने बाटो बिचमै अलपत्र हुदा मालवाहक यातायात बीच चोकमै फस्ने गरेको छ बर्खा सुरुवात भए संगै बाटो बिग्रदा बाटोमा परेका खाड्लमा मालबाहक र अन्य ठुला यातायात फस्ने गरेका छ्न ।

निर्माण व्यवसायीले बाटो स्तरोन्नती गर्ने क्रममा योजना अलपत्र छाडेपछि सवारी साधनलाई आवतजावत गर्न समस्या भईरहेको छ । बाटो योजनाको ठेक्का हुदा खुसी भएका स्थानीय अहिले बिभिन्न कारण देखाउदै बाटोको काममा ढिलासुस्ती काम हुँदा आक्रोश व्यक्त गरेका छ्न ।

स्थानीयहरुले आफुले सास्ती भोक्नु परेको पीडा सुनाउदै कसैले कुनै पहल नगरेको समेत गुनासो गरेका छन । प्रत्येक दिन दिनको २ देखि ३ वटा सम्म लोड ट्रक वा टिप्पर अडकिने हुँदा क्रेन र जेसिबी को प्रयोग गरि यातायात निकालन परेको छ र पनि ठेकेदार र संबंधित निकाय मौन बसेको स्थानीयले बताए ।

तौलिहवाका टार्फिक प्रहरी नायब निरीक्षक सन्जिप श्रेष्ठले यो ठाँउमा पटक पटक गाँडी अडकीदा आफुलाई समेत टार्फिक ब्यवस्थापन गर्न समस्या भएको र सम्बन्धित निकायलाई पटक पटक भन्दा पनि वास्ता नगरको बताए उता ठेकेदारलाई सो बाटोको योजना चाडो भन्दा चाडै सम्पन्न गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पान्डेयले जानकारी दिएका छ्न ।

प्रतिक्रिया

खबर सबै