भलवाडमा वडाले दियो परियार समाजलाई नौमती बाजा र गर्भवतीलाई पौष्टिक आहार

राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित वडा कार्यालय भलवाडले चालु आर्थिक वर्षको लक्ष्ति वर्गको कार्यक्रम अन्र्तगत परियार समाजलाई नौमति बाजा र भर्गवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेको छ ।
भलवाड स्थित परियार समाजका लागि उनीहरुको संस्कृती जगेर्ना गर्ने उद्धेश्य सहित वडा कार्यालयले एक सेट नौमति बाजा हस्तान्त्रण गरेको छ भने भलवाडका एक सय जना गर्भवती महिलाहरुको पौष्टिक आहार बृद्धिका लागि विभिन्न पौष्टिक सामाग्री प्रदान गरेको वडा अध्यक्ष धुव्र बेल्वासेले बताउन्ुभयो । वडाको चालु आर्थिक वर्षको लक्ष्ति वर्गको कार्यक्रम अन्र्तगत विनियोजित बजेटबाट परियार समाजका लागि ८० हजार लागतमा नौमति बाजा प्रदान गरिएको भन्दै वडा अध्यक्ष बेल्वासेले परम्परागत सीपको विकासका लागि यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । यस्तै वडा भित्रका सुत्केरी तथा गर्भवती महिलाहरुको पोषण बृद्धी गरी स्वास्थ्यका हिसाले तन्दुरुस्त राख्न पौष्टिक आहार स्वरुप वडाको १ लाख ५० हजार लागतमा एक एक किलो चना, मह, नुन प्रदान गरिउएको र १ क्यारेट अण्डा सहित आधा केजी च्यावनप्रास प्रदान गरिएको वडा अध्यक्ष बेल्वासेले बताउनुभयो ।
विशेष गरी भर्गावस्था देखि १ हजार दिन सम्मको समय संवेदनशिल समय हुने भएकाले उनीहरुको पोषण अवस्थालाई मजबुत बनाउन पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष बेल्वासेले बताउनुभयो ।
वितरण कार्यक्रममा वडा अध्यक्ष धुव्र वेल्वासे सँगै वडा सचिव सन्तोष कुमार बैठा, भलवाड स्वास्थ्य चौकी प्रमूख जितविकास रायमाझी, पत्रकार बाबुराम रायमाझी लगताएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खबर सबै