कपिलवस्तुका ६ पलिकाले गरे एकैसाथ बार्षिक नीति कार्यक्रम पारित

कपिलवस्तुका बिभिन्न पालिकाहरुले आगामी आर्थिक बर्षकालागि बार्षिक नीति तथा कार्यक्रम ल्याएका छन । नगरपालिका र गाउँपालिकाले नवाै सभाबाट बार्षिक नीति तथा कार्यक्रम पारित गरेका हुन । कपिलवस्तु , महाराजगंज, शिवराज नगरपालिका तथा यशोधरा ,मायादेबी र बिजयनगर गाउँपालिकाले आगामी आर्थिक बर्षकालागि नीति तथा कार्यक्रम ल्याएका हुन ।

आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढ्दै जानुपर्नेम जोड दिएका छ्न। कृषि शिक्षा, रोजगार लगायतका बिषयका केन्द्रित छन । कपिलवस्तु नगरपालिकाकाको नीति तथा कार्यक्रम मेयर किरण सिंहको आग्रह अनुसार प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेका थिए ।

यस्तै महराजगंजको मेयर अब्दुल कलाम खा, शिवराज नगरपालिकाको मेयर नेत्र प्रसाद अधिकारी, यशोधरा गाउँपालिकाको प्रमुख गिरिजेश कुमार पाण्डेय र मायादेबीको बजरंगी प्रसाद चौधरीले र बिजयनगर गाउँपालिकाले पनि ५५ करोड ७१ लाख ५४ हजार ९ सय ६३ रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
छोरी बचाउँ, छोरी पढाउ अभियान अन्तर्गत छोरी शिक्षाका लागि बिजयनगर गाउँपालिकाले जिम्मेवारीसमेत लिएको छ ।

प्रतिक्रिया

खबर सबै