लुम्बिनी प्रदेशका अधिकाशं स्थानमा वर्षा

कपिलवस्तु ।
लुम्बिनी प्रदेशका प्राय सबैजसो जिल्लामा अहिले वर्षा भईरहेको छ । अहिले गण्डकी र लुम्बिनीका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा वाग्मती र कर्णालीका थोरै ठाउँमा पनि पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनीमा गएरातिदेखि नै लगातार पानी परेको हो । लगारतको वर्षाका कारण पहाडी जिल्लामा पहिरो र तराइृमा बाढी तथा डुबानको जोखिम बढेको छ भने नदी तथा खोलाहरुमा पानीको सतह बढ्दै गएको छ ।
आज दिउँसोपख देशभरको मौसम बदली हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो । मौसम बदलीपछि प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ । एक दुई ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् पौडेलले आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार प्रदेश दुई, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि वाग्मती, गण्डकी र लुम्बिनीका एक÷दुई ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया

खबर सबै