

शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी


काठमाडौं
तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् ।
भट्टराईले अनलाइन र प्रतिनिधिमार्फत भौतिक रुपमा आइबार निवेदन दिएको जानकारी दिए । ‘इमेल र प्रतिनिधिमार्फत उजुरी दर्ता गराएको छु,’ उनले भने, ‘६ हजार तलब खाने शिक्षकबाट उठाएको लेबीबाट भ्रष्टाचार गर्नेलाई छानबिन गरी कानूनी दायरामा ल्याउनुपर्छ भनेर उजुरी दिएको हुँ ।’
महासंघले हिनामिना गरेको ५७ लाख तीन वर्षदेखि निरन्तर बेरुजु देखाउँदै आइरहेको र उक्त विषयमा छानबिनका लागि निवेदन दिएको भट्टराईले बताए ।
स्थायी शिक्षक मञ्चका संयोजक समेत रहेका भट्टराईले भ्रष्टाचारीको संरक्षण गर्नु हुँदैन भनेर उजुरी गरेको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुरुप उजुरी दिएको हुँ ।’


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया