

कपिलवस्तुको बाणगंगा नगरपालिकाले गर्यो नीति तथा कार्यक्रम सार्वजनिक





कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख मंगलप्रसाद थारुको अनुमतिमा उपप्रमुख चक्र अर्यालले आज निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । निति तथा कार्यक्रमको पहिलो स्वास्थ्यलाई प्राथमिकता दिईएको उपप्रमुख चक्र अर्यालले बताउनुभयो ।
त्यस्तै शिक्षा, कृषि, पशुपालन, भैतिका पुर्वाधारको निर्माणलाई प्राथमिकता दिएको उहाँको भनाई छ । पिपरामा अस्पताललाई कोभिड अस्पताल बनाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै गौरवको योजनाको रुपमा रहेको चक्रपथ निर्माणको ट्रयाक खोल्ने कार्यलाई निरन्तरता दिईने भएको छ ।
बस पार्कको प्रक्रिया अगाडि बढाईने, डम्पिङ साईटको कार्यलाई तीब्र गतिमा अगाडि बढाईने उपप्रमुख अर्यालले बताउनुभयो । त्यस्तै बुद्धरंगशाला निर्माणको कार्यलाई अगाडि बढाईने भएको छ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक एक मतले पारित भएको नगरका प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बजेट भने असार ९ गते प्रस्तुत गरिने छ । करिव १ अर्व ५० करोडको हाराहारीमा बजेट रहने प्रवक्ता पौडेलले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया