लक्ष्मणघाट सामुदायिक वनबाट काठ चोरी

कपिलवस्तु
रामबहादुर गन्धर्व
कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नंम्बर ६ लक्ष्मणघाट स्थित लक्ष्मणघाट सामुदायिक बनबाट काठको गोलिया चोरी भएको छ । सामुदायिक वन भित्र घाटगद्दी गरि राखिएको सिसौ जातको काठको गोलिया चोरी भएको वनका अध्यक्ष हुमनाथ भट्टराईले बताउनुभयो । गय राति सो काठ चोरी भएको उहाँले जानकारी दिनुभयो ।
झण्डै ३ सय ५० बढी क्युफिट बढी सिसौको गोलिया राखिएको सो स्थानबाट करिब १० थान गोलिया चोरी भएको बताइएको छ । केही थान काठ नजिकै भेटिएको भए पनि अन्य चोरीएको काठ र चोरी गर्ने व्यक्ति भने अझै पत्ता नलागेको वन समितिले जनाएको छ । घटनाका विषयमा इलाका प्रहरी कार्यालय कोपवाले अनुसन्धान सुरु गरेको जनाएको छ ।
चोरी भएको केही थान काठ इलाका प्रहरी कार्यलय कोपवाका प्रमुख लिलाबहादुर बोहोराको गस्ती टोलिले बराहमद गरेको र काठ चोरी गर्ने ब्यक्ति फेला नपरे तापनि निजहरूको खोजि कार्य तिब्र रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

खबर सबै