

लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रम बहुमतले पारित



रूपन्देही
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार भएको प्रदेश सभाको बैठकले प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेको नीति कार्यक्रम पारित गरेको हो ।
नीति कार्यक्रम माथिको छलफलपछि मुख्यमन्त्री शंकर पोखरेलले उठेका विषयवस्तु राख्दै जवाफ दिएका थिए । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ती प्रकृया अबैधानिक भएको र त्यसमा प्रदेश प्रमुख यादवले साथ दिएको भन्दै विरोध गर्दै आएका थिए । विरोध स्वरुप प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन विपक्षी गठबन्धनबाट प्रमुख सचेतकहरु मात्र प्रदेश सभा बैठकमा उपस्थित थिए ।
मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारको प्रदेश सभा बैठकमा आफूले संसद् भित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अल्पमतमा देखिएको अवस्थामा एक मिनेटपनि सत्तामा नहरने प्रतिबद्धता जनाएका छन् । ‘मैले संसद् भित्रको राजनीति गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन,’ उनले भने, ‘बहुमत गुम्यो भने एक मिनेट पनि म सत्तामा रहनु हुँदैन भन्ने लाग्छ ।’ उनले जनता समाजवादीका ४ प्रदेश सभा सदस्यको स्टे अर्डर मार्फत पुर्नबहाली भएको र विचाराधीन अवस्थामा रहेकाले त्यसको टुंगो लागेपछि मात्र सरकार अल्पमत कि बहुमतको अवस्थामा जाने उनले बताए ।
सरकारको नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सत्ता पक्षकाले हुन्छ भन्ने ध्वनी मत दिएका थिए । विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले हुन्न भनेका थिए । तर, हुन्न भन्ने ध्वनी मत कम भएकाले सभामुख पूर्णबहादुर घर्तीले बहुमतले पारित भएको घोषणा गरे । नीति कार्यक्रम पारित भएपछि शुक्रबारको बैठक एक घण्टाका लागि स्थगित भएको छ । साढे दुई बजेपछि बैठक पुन: बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया