

बिदेशी मुद्रालाई सञ्चित गरी व्यवसायिक र प्रबिधियुक्त सीप विकासमा जोड दिनुपर्छ : सांसद पन्थी



कपिलवस्तु ।
लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले नेपालमा अहिले आयातमुखी अर्थतन्त्रले गर्दा नेपालीहरुमा पर निर्भरता बढाएको बताएका छन् । बिदेशी मुद्रालाई सञ्चित गरी रेमीटान्सलाई कृषि ,पशुपालन र उत्पादनका क्षेत्रमा लगानी गरी युवालाई स्वदेशमा नै व्यवसायिक र प्रबिधियुक्त सीपका माध्यमबाट आकर्षण गर्न सके देश आर्थिक रुपमा दरिलो हुने सांसद पन्थीले बताएका छन् ।
आइएफइएस् र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यका संचालित सुशासनका लागी युवा कार्यक्रम अन्र्तगत आज आयोजना गरिएको सरोकारवाला बिच भर्चुअल संवाद कार्यक्रमका बक्ता सांसद पन्थीले युवालाई रोजगारमा जोड्दा , उत्पादन बढ्छ, उत्पादन बढ्दा उपभोग दर बढ्छ उपभोग दर बढेपछी युवारुमा स्वरोजगारको भावना जागृत हुने बताएका छन् ।
इजरायल जस्ता मरुभुमी राष्ट्रहरुले युरोपमा आफ्नो उत्पादन सप्लाई गर्छन तर हाम्रो जस्तो हावा पानी र माटो सुहाँउदो देश आयातमुखी हुनु बिडम्बना रहेको उनले बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले युवाहरुलाई रोजगार, स्वरोगार र आयआर्जन तर्फ उन्मुख गराउन सके देशको अर्थतन्त्र बलियो हुने बताएका छन् ।
यसै गरी कार्यक्रमा अर्का बक्ता बाणगंगा नगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा वडाध्यक्ष सोमनाथ अर्यालले बाणगंगा नगरपालिकाले कृषि क्षेत्रलाई यान्त्रिकरण र बैज्ञानिककी गर्ने कार्यमा जोड दिएको बताएका छन् । अहिले नगरपालिकामा करिव ३०० वटा कृषि, पशुपालन र व्यवसायिक समुहहरु आवद्ध भई स्वरोजगारमुलक कार्यमा लागेको बताएका छन् । अहिले युवामा तरकारी खेती,माछापालन,कुखुरापालन,वंगुर पालन र गाई पालन तर्फ आकर्षण बढेको बताएका छन् । नगर अव आउने निति, कार्यक्रम तथा बजेट युवा मैत्री बनाउन आफुले पहल गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानुराम पन्थीले जिल्ला निवार्चन कार्यालयले अहिले बार्षिक रुपमा १७ वटा बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई निर्वाचन शिक्षा र मतदाता शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरिरहेको बताएका छन् । आगामी दिनमा कलेजस्तरमा पनी सो कार्यक्रम संचालन गर्ने सोंचमा रहेको बताए । उनले आयोन जस्तो संस्थासँग पनी आफुहरुले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सहभागीहरुले सोधेको जिज्ञासाको जवाफमा जिल्ला निर्वाचन अधिकारीले भनेका छन् आगामी निर्वाचनका बेला मतदाता शिक्षालाईलाई प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यकर्ताहरुलाई सबै टोल र घर घरमा पुग्ने गरी स्थानिय भाषी र युवाहरुलाई परिचालन गरिने बताएका छन् । निर्वाचनलाई निस्पक्ष र भय रहित बनाउन राजनितिक दल, पत्रकार, संघ सस्था र सरोकारवाला सबैसँग बसेर छलफल गर्ने र आचार संहितालाई कडाईका साथ लागु गरिने बताएका छन् ।
कार्यक्रम बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुमा उपाध्यक्ष हरी अधिकारीले सामाजिक संजाल, अनलाइन मिडिया, छापा तथा एफ.एम् रेडियोहरुले सही र सत्य सथ्य सुचना प्रकाशन तथा प्रशासरण गर्नुपर्ने बताएका छन् साथै अहिले मिडियामा युवाहरुको आकर्षण बढ्दै गएकाले उनीलाई व्यवसायिक बन्न आग्रह गरेका छन् ।

कार्यक्रम अर्का बक्ता तथा युवा नेता गोपालमणी ज्ञवालीले अहिलेको राजनितिक घटना क्रमले गर्दा युवाहरुमा राजनिति प्रति नैराश्यता र बितृष्ण जाग्दै गएकाले बताएका छन् । जवसम्म राजनितिमा पुस्तान्तरण र हस्तान्तरण हुदैन तवसम्म युवाहरुमा राजनिति प्रतिको आकर्षण घट्दै जाने बताएका छन् । कार्यक्रममा सहभागीका तर्फबाट आशिष पौडेल, सागर पौडेल, दिपा महत, थानेश्वर अधिकारी, सुनिल घिमिरे, अस्मिता थापा,सरिता थारु लगायतले जिज्ञासा राखेका थिए ।
युथ च्याम्पियन राजेन्द्र खनालको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा ३५ जनाको युवाहरुको सहभागित रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया