प्रधानमन्त्री ओली विश्वासको मत लिदै, संसदमा मतदानको तयारी

काठमाडौं

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघी आफ्नो मन्तव्य राखिरहेका छन्। ओलीको मन्तव्य पछि उक्त प्रस्तावमा मतदान गर्ने तयारी भएको छ ।

सोमबार १ः३५ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा(१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधि सभा नियमावली, २०७५ को उपनियम(२)बमोजिम विश्वासको मतका लागि प्रस्ताव प्रश्तुत गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रश्तुत गरिने कार्यसूची तय भएको छ ।

यसअघि १ बजे शुरु भएको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका गरेका थिए ।

प्रतिक्रिया

खबर सबै