मायादेवी गाउँपालिकाले दियो कपिलवस्तु अस्पताललाई २ लाख रुपैँया

कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाले जिल्ला अस्पताल तौलिहवालाइ २ लाख रुपैँया सहयोग प्रदान गरेको छ । कपिलवस्तु अस्पतालमा कोभिड १९ संक्रमित विरामीहरुलाई उपचारमा अभाव हुन नदिनको लागि गाउँपालिकाले २ लाख सहयोग गरेको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताउनु भएको छ ।

कपिलवस्तु अस्पातलले जिल्ला कै संक्रमितहरुको उपचार गरिरहेको र अस्पतालमा आर्थिक आभावको कारण उपचारमा समस्या भईरहेकोले गाउँपालिकाले तत्काल २ लाखको दिएको उहाँले बताउनुभयो । २ लाखको चेक अस्पतालका प्रमुख किशोर बन्जाडेलाई हस्तान्तरण गर्रिएको अध्यक्षकुर्मीले बताउनु भएको छ ।

चेक लिदैँ मेडिकल सुपरिटेन्डेन डा. बन्जाडेले मायादेवी गाउँपालिकाले सहयोग गरेकोमा धन्यावाद दिदै अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताउनु भएको छ । कपिलवस्तुको विभिन्न संघ संस्था तथा व्याक्तिहरुको सहयोग अहिले आईरहेको बन्जाडेले बताउनु भएको छ ।

प्रतिक्रिया

खबर सबै