

लुम्बिनी प्रदेशमा १९ गते विशेष अधिवेशन, अविश्वास प्रस्तावमाथि छलफल हुने



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको छ। वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादीले मुख्यमन्त्रीमाथि आविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशनको मागसमेत गरिएको थियो। सोही बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते प्रदेश सभा बैठक आह्वान गर्नुभएको हो ।
लुम्बिनी प्रदेशमा ‘फ्लोर क्रस’ नभए मुख्यमन्त्री पोखरेल बहुमतमा हुनुहुन्छ । आविश्वास प्रस्ताव पेश भएपछि जसपाका ४ जना सांसद मन्त्री बनेर सरकार सहभागी भएपछि उहाँ बहुमतमा पुग्नुभएको हो ।
लुम्बिनीमा एमालेको ४१ सांसद छन्। बहुमतका लागि ४३ सांसद आवश्यक हुन्छ। जसपाका चार सांसद मुख्यमन्त्रीतर्फ आएपछि अविश्वासको प्रस्ताव पारित हुने सम्भावना कम रहेको छ। यद्यपि एमाले भित्रको आन्तरिक विवादले के हुन्छ भन्ने एकिन छैन्।
लुम्बिनीमा एमालेको माधव नेपाल पक्षधर दुई सांसद खुलेरै देखिएका छन्। उनीहरुले फ्लोर क्रस गरेपनि मुख्यमन्त्री बहुमतमा हुनुहुने छ । अन्य सांसदले पनि धोका दिए मुख्यमन्त्रीलाई बढी हुने जोखिमसमेत देखिएको छ। अन्नपूर्ण पोष्टबाट ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया