

दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन


दाङ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि दाङमा यही वैशाख १७ गते शुक्रवारदेखि नौ दिनसम्मका लागि लकडाउन गरिने भएको छ । मङ्गलवार घोराहीमा बसेको जिल्ला प्रशासन कार्यालयको बैठकले बैशाख १७ देखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।
दैनिक रूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै दाङमा तत्काल लकडाउन गरी नागरिकको जीवन रक्षा गर्न चौतर्फी रूपमा आवाज उठ्दै आएको थियो ।
वैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजेसम्मका लागि पहिलो चरणको लकडाउन गर्ने निर्णय भएको हो । त्यसपछि अवस्था हेरेर थप निर्णय लिइने प्रशासन कार्यालयले जनाएको छ । खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछ ।
यस्तै अत्यावश्यक सवारी साधनबाहेक अन्य गाडी सञ्चालनमा रोक लगाइएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताललाई ६५ शय्या र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय शय्याको बनाउने निर्णय गरेको छ ।
तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजनसहितको ४०र४० शय्या र प्रत्येक गाउँपालिकाले २० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेशन बनाउने निर्णय भएको छ ।
त्यसैगरी कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया