

दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन



दाङ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि दाङमा यही वैशाख १७ गते शुक्रवारदेखि नौ दिनसम्मका लागि लकडाउन गरिने भएको छ । मङ्गलवार घोराहीमा बसेको जिल्ला प्रशासन कार्यालयको बैठकले बैशाख १७ देखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।
दैनिक रूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै दाङमा तत्काल लकडाउन गरी नागरिकको जीवन रक्षा गर्न चौतर्फी रूपमा आवाज उठ्दै आएको थियो ।
वैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजेसम्मका लागि पहिलो चरणको लकडाउन गर्ने निर्णय भएको हो । त्यसपछि अवस्था हेरेर थप निर्णय लिइने प्रशासन कार्यालयले जनाएको छ । खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछ ।
यस्तै अत्यावश्यक सवारी साधनबाहेक अन्य गाडी सञ्चालनमा रोक लगाइएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताललाई ६५ शय्या र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय शय्याको बनाउने निर्णय गरेको छ ।
तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजनसहितको ४०र४० शय्या र प्रत्येक गाउँपालिकाले २० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेशन बनाउने निर्णय भएको छ ।
त्यसैगरी कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया