

भारतमा एकैदिन दुई लाखभन्दा बढीमा कोरोना संक्रमण





एजेन्सी
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ७३९ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक हजार ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ४० लाख नाघेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७३ हजार १२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ५८ हजारभन्दा बढी महाराष्ट्रमा छन् । यस्तै उत्तर प्रदेशमा २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने दिल्लीमा १७ हजारभन्दा संक्रमित थपिएका छन् । छत्तीसगढमा पनि १४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, गुजरात तथा दिल्लीका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । बिरामीको चाप बढेसँगै केही अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन तथा बेडको अभाव देखिन थालेको छ । सरकारले भने आफ्नो पूर्ण क्षमताअनुसारको अक्सिजन खरिद गरिरहेको र पछिल्ला दिनमा उत्पादन क्षमता पनि बढाइएको दाबी गरेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया