

अहिलेसम्मकै उच्च विन्दुमा नेप्से , २७ सय अङ्क नाघ्यो



काठमाडौं
शेयर बजार परिसूचक नेप्सेले मङ्गलवार नयाँ कीर्तिमान बनाउँदै २०७७ साललाई सुखद बिदाई गरेकाे छ । नेप्से २३ दशमलव २३ अङ्कले बढेर अहिलेसम्मकै उच्च विन्दु २७ सय १४ दशमलव ७९ अङ्कमा पुगेको छ ।
यसअघि सोमवार (हिजो) १७ दशमलव २० अङ्कले बढेर नेप्से २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको थियो ।
मङ्गलवार बैंकिङ समूहको शेयर ४२ दशमलव ३६ अङ्कले, व्यापार समूहको शेयर ६९ दशमलव २९ अङ्कले, विकास बैंकको शेयर ९५ दशमलव ४२ अङ्कले, हाइड्रोपावरको शेयर ३१ दशमलव ६९ अङ्कले बढेको छ ।
मङ्गलवार दुई सय नौ कम्पनीका एक करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर सात अर्ब १४ करोड ३१ लाख रुपियाँमा कारोबार भए । सबैभन्दा धेरै २८ करोड रुपियाँको शेयर किनबेच भएको छ ।
मङ्गलवार एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया