

कोईलीचौर सामुदायिक वनको २२ औँ साधारणसभा सम्पन्न



राजेन्द्र खनाल
कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइलिचौर सामुदायिक वनको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभामा वन उपभोक्ता समुहका सचिव माधुरी गिरीले समुहको वार्षिक प्रगति प्रतिवदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष कुन्तामणी भुषाले आर्थक वर्ष २०७६/०७७ को कुल ५२ लाख ६३ हजार बराबरको आर्थिक प्रतिवेदन सार्वजनकि गर्नुभएको छ । त्यसतै कोषाध्यक्ष भुषालले आगामी आर्थिक वर्षका लागि ९५ लाख ४३ हजार बराबरको अनुमानित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा कोईली चौर सामुदायिक वनका लेखा समिति संयोजक ओमलाल गिरीले वनको एक आर्थिक वर्षका लागि तयार लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । साधारणसभा कार्यक्रममा जिल्ला वन अधिकृत ईश्वरी प्रसाद पौडेलले कपिलवस्तुका सामुदायिक वनहरु मध्ये कोईलीचौर सामुदायिक वन उत्कृष्ट बनहरुको सूचिमा रहेको भन्दै वन व्यवस्थापनको निति अनुसार अझ प्रभावकारी काम गर्न सुझाव दिनुभएको छ ।
यस्तै वैज्ञानिक वन व्यवस्थापनको निति खारेज भएका कराण धेरै सामुदायिक वनहरुलाई क्षयति भए पनि सरकारले नयाँ कार्याविधि ल्याउने र छिटै त्यसको प्रक्रिा पनि अगाडी बढाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र बेल्वसो, अमृते सामुदायिक वनकाअ अध्यक्ष गोपाल गिरी, स्वास्थ्य चौकी भलवाडका प्रमूख जितविकास रायमाझी, भर्तापुर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल पौडेल, संचारकर्मी बाबुराम रायमाझी लगाएतले सम्बोधन गर्नूभएको थियो ।
साधारणसभा वनका अध्यक्ष हरिराज घिमिरेको अध्यक्षतामा उपाध्यक्ष देबबहादुर श्रीसको स्वागत र सचिव माधुरी गिरीको संचालनमा सम्पन्न भएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया