
स्पष्टीकरण नदिएपछि माओवादीबाट एमालेमा गएका दुई सदस्यलाई कार्वाही हुने

बुटवल ।
लुम्बिनी प्रदेशमा माओवादीबाट एमालेमा लागेका दुई प्रदेशसभा सदस्यहरुले पार्टीलाई स्पष्टीकरण पत्रको जवाफ दिएका छैनन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले माओवादी केन्द्रका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण पत्र यही चैत्र १२ गते पठाएको थियो। स्पष्टीकरणको कुनै अर्थ नरहेको भन्दै उनीहरुले जवाफ नदिएका हुन् ।
आज सम्म पनि जवाफ नदिएपछि कानुनी प्रकृया अगाडि बढाउने तयारी भएको प्रमुख सचेतक तुलाराम घर्तीले बताए । प्रमुख घर्तीले स्पष्टीकरण पत्रको कुनै जवाफ नआएपछि आफूहरुले प्रदेशसभा सचिवालयमा पार्टीले कारवाही गरेको पत्र पठाउने र पार्टीको केन्द्रीय कार्यालयमा पनि पार्टी सदस्यताबाट हटाउने बारे पत्र पठाउने तयारी भइरहेको बताए । माओवादी छोडेर एमालेतिर लाग्ने दधिराम न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को २ बाट विजेता हुन् भने दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २ को २ वाट विजेता हुन् । यो प्रदेशमा माओवादी केन्द्रका २० सांसद छन् । त्यसमा दुई जना ओली पक्षतिर लागेपछि माओवादी भित्र संख्या झनै घटेको छ । प्रदेशमा हाल एमाले र माओवादी संयुक्त सरकार नै कायम छ । स्पष्टीकरण पत्रको जवाफ नदिने मध्येका एक दिनेश पन्थीले माओवादी पार्टीको पत्रको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । स्पष्टीकरण नदिए पछि उनीहरु दुबैजनालाई कार्वाहीको तयारी गरिएको माओवादी केन्द्रले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया