

प्रधानमन्त्री ओलीको तस्बिर मोबाइलले खिच्न निषेध !

अहिलेको जमानामा कस्को हातमा मोबाइल हुन्न र ! सबैको हात हातमा स्मार्ट मोबाइल फोन हुन्छ र स्मार्ट मोबाइलले क्यामेराभन्दा पनि आकर्षक फोटो (तस्बिर) खिच्छ ।
तर, अब मोबाइलले नेकपा एमाले एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भौतिक शरीरको फोटो खिच्न निषेध गरिएको जानकारी दिइएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीपकुमार भट्टराईले कार्यक्रम सुरू हुनुपूर्व यस्तो जानकारी गराए छन् ।
कार्यक्रम सुरु हुनुपूर्व प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकलअनुसार मोबाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए हुन् । यससँगै प्रधानमन्त्री ओलीको तस्बिर लिन चाहने कार्यकर्ता तथा फ्यानले आफूले चाहेबमोजिम फोटो खिच्न निषेध गरिएको छ ।
सूचना जानकारीपछि सुरु भएको कार्यक्रममा नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको छ । प्रधानमन्त्री ओलीले कार्यक्रममा बीच धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो ।
कृषि मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेम नारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको हो ।
प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको भनिएको छ । यसैगरी मासु तथा माछाको आवश्यकता प्रतिवर्ष क्रमश १४ किलो रहेकोमा मासु १८ र माछा ३.५ किलो रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी दूधमा आत्मनिर्भर हुन वार्षिक न्यूनतम ९१ लिटर प्रतिव्यक्ति दूध उपलब्ध हुनुपर्नेमा प्रतिव्यक्ति उपलब्धता भने ७९ लिटर मात्रै रहेको जनाइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया