

‘महाकालीमा भारतले एकतर्फी बाँध बनाउँदा नबोल्ने सरकारले कसकाे सेवा गरेको छ ?’ : सांसद दिलेन्द्रप्रसाद


काठमाण्डाै
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भारतले दार्चुलाको सदरमुकाम खलङ्गाको पारिपट्टी महाकाली नदीमा एकतर्फी बाँध बनाइरहे पनि सरकार बेखबर रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा सांसद बडुले भारतले बनाएको बाँधका कारण हजारौँ नेपालीको जीवन जोखिममा परेको र दार्चुलासहितका ठाउँ खतरामा रहेको बताउनुभयो । ‘भारतले यति ठूलो बाँध बनाउँदा सरकार बेखबर छ, आफ्नै देशका नागरिक खतरामा पर्ने गरी काम भइरहँदा पनि नबोल्ने सरकारले कसकाे सेवा गरेको छ ?’, बडुले प्रश्न गर्नुभयो ।
उहाँले सरकारले राष्ट्रवादका ठूला कुरा गर्ने तर भारतले बनाएको एकतर्फी बाँध रोक्न कुरासमेत नगरेको बताउनुभयो । पहिले पनि भारतले धौलीगङ्गा बाँध बनाउँदा नेपालले बोल्न नसेकेको र अहिले धौलीगङ्गा बाँधका कारण बर्सेनि नेपालीले ज्यान गुमाएको बडुले स्मरण गराउनुभएको छ ।
‘महाकालीको बाँधबारे सरकारले बेखबर रहेको लाजमर्दो जवाफ दिएको छ । भारतले बनाउँदै गरेको बाँधका कारण ठूलो क्षेत्र सखाप हुँदैछ’, बडुले भन्नुभयो ।
तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्बर जमिन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमिन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषदमा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले आफ्नो भूमि जोगाउन भारतले बनाउँदै गरेको बाँधको निर्माण तत्काल रोक्नुपर्छ, दुवै देशबीच विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ । प्रजिअ यस सम्बन्धमा सरकारको आदेश पर्खिरहेको छ ।’
देशको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधि सभाको अर्को बैठकमा आओस् भनी उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया