

शेयर बजार आठ अङ्कले बढ्यो, सात अर्ब ६४ करोड रुपैयाँको कारोबार



काठमाण्डौ
शेयर बजार परिसूचक नेप्से बुधवार आठ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आठ दशमलव ६६ अङ्कले बढेर २५ सय ४३ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।
बुधवार बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, होटल समूहको ४४ अङ्कले, फाइनान्सको ३८ र निर्जीवन बीमा समूहको शेयर ६२ अङ्कले बढेको छ । व्यापार, जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ ।
बुधवार एक सय ९१ कम्पनीका एक करोड ४९ लाख कित्ता शेयर सात अर्ब ६४ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ५२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
बुधवार गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि साधना लघुवित्तका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन्


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया