

सितगंगाको लाहपेमा बन्यो स्वास्थ्य चौकी


अर्घाखाँची ।
अर्घाखाँचीको सितगंगा नगरपालिकाले स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिएको नगर प्रमूख सूर्यप्रसाद अधिकारीले बताउनुभएको छ । स्वास्थय सँगै नगरपालिकाले अन्य विकासलाई पनि अगाडि बढाएको पनि बताउनुभयो ।
शितगंगाको वडा नं. ८ लाहपेमा निर्माण गरिएको स्वास्थ चौकीेको उद्धघाटन गर्दे नगर प्रमूख अधिकारीले भौगोलिक हिसबाले नगरपालिका पछाडि परे पनि देश कै ठूलो नगरपालिका भनेर चिनिएको पनि बताउनुभयो । जिल्ला सदरमुकाम देखि धेरै टाठा रहेको बिकासको क्षेत्र बाट अति नै कमजोर रहेको सितगंगाले जिल्लाको झण्डै ६० प्रतिशत क्षेत्र ओगटेको छ ।
धेरै चुनौती भएपनि नगरको विकासका लागी दिन रात खट्दै आएको र आफुले पहिलो प्राथमिकतामा स्वास्थ र शिक्षालाई दिएको सो कार्यक्रममा नगर प्रमूख अधिकारीले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष रुकेस आलेले स्वास्थय पहुँचका हिसाले नगरपालिकामा पछाडि परेको स्थानमा स्वास्थ्या चौकी निर्माण गरी जनताको सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर केसि, वडा नं. ३ का वडा अध्यक्ष हेमनाथ भुसाल लगाएतले आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रम लाहापे स्वास्थ चौकिका इन्चार्ज लक्ष्मण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया