

प्रहरीसँगको झडपमा एक भारतीय किसानको मृत्यु


एजेन्सी
नयाँ कृषि कानुनप्रति आपत्ति जनाउँदै एक महिनादेखि आन्दोलनरत भारतका किसान र प्रहरीबीच झडप भएको छ । मंगलबार ट्याक्टरसहित आन्दोलनमा उत्रिएका किसानसँग दिल्लीमा भएको झडपका क्रममा एक किसानको मृत्यु भएको छ ।
मृतक उत्तराखण्डको बाजपुरका नवनीत सिंह रहेका छन् । प्रहरीसँगको झडपको क्रममा उनको मृत्यु भएको हो । यस्तै अन्य चारजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको टाउकोबाट रगत बगिरहेको छ । आन्दोलनका क्रममा किसानले सडकमा राखिएको डिभाइडर तोड्ने कोसिस गरिरहेका छन् ।
प्रहरीले निरन्तर अश्रुग्यासको गोली हानिरहेको छ । टाढा–टाढा सम्म पनि लगातार अश्रुग्यासको गोलीको आवाज सुनिएको छ । प्रहरीले दिल्लीका विभिन्न सडक बन्द गरेको छ । प्रदर्शन र आन्दोलन बढेसँगै त्यस क्षेत्रको इन्टरनेट बन्द गरिएको बीबीसीले जनाएको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया