बाबुले गरे आफ्नै २ वर्षीया छोरीको हत्या : अर्घाखाँची

अर्घाखाँची

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नमबर २ सितापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । सितापुरको झिर्राका २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै २ वर्षिया छोरी सृष्टि घिमिरेको नाइनलको रसीले घाँटीमा कसेर हत्या गरेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।

उनले सुतिरहेको बेला आफ्नी छोरीलाई मंगलबार दिउँसो १ बजेतिर रसीले घाँटीमा कसेर हत्या गरेको प्रहरीले अर्घाखाँचीडट्कमलाई बताएको छ । घरमा सन्तोषकी आमा र बाबु काम गर्न बारीमा गएका थिए ।

सन्तोषकी श्रीमती घरायसी बिवादका कारण केही महिनादेखि माईत कपिलवस्तुको चार नम्बरमा बस्दै आएकी छन् । छोरी सृष्टि बाबुसँग बस्दै आएकी थिईन् ।

दुई दिनअघि श्रीमतीलाई लिन चार नम्बर गएका थिए तर आउन मानिनन् । श्रीमान–श्रीमतीको झगडा भएपछि रिसको झोंकमा एक मात्र आफुसँगै बसेकी छोरीको उनले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

सन्तोषलाई अहिले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

खबर सबै