बलिउड अभिनेता वरुण धवन र नताशा दालालको विवाह

facebook sharing button
बलिउड अभिनेता वरुण धवन र नताशा दालालको विवाह यही महिना हुँदै

एजेन्सी, माघ २

बलिउड अभिनेता वरुण धवनको विवाह हुँदैछ। धवन र उनकी प्रेमिका नताशा दलालले जनवरी २४ मा विवाह गर्न लागेका हुन्। कोरोना भाइरस संक्रमणको जोखिमबीच सीमित पाहुनाको उपस्थितिबिच विवाह समारोह हुँदैछ।

तीन दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ। करिव ४० देखि ५० जनामात्र बोलाइने जनाइएको छ। सबैलाई संक्रमणको जोखिमबाट जोगिन सुरक्षा योजना दिइनेछ।

बलिउडकर्मीका लागि भोज केही महिनापछि राखिनेछ। बलिउड हंगामाले स्रोतलाई उल्लेख गर्दै लेखेको छ,’उनीहरू भव्‍य पञ्जावी परम्परा अनुसार विवाह गर्न चाहन्थे। तर, कोरोना भाइरस महामारीका कारण योजनाहरू स्थगित भए। अब भने सीमित आफन्त र साथीभाइहरूको उपस्थितिमा सम्पन्न हुने भएको छ।’

विवाहको कार्ड बाढिसकेको र दुवै पक्षले धुमधाम तयारी गरिरहेको जनाइएको छ।

 

प्रतिक्रिया

खबर सबै