
आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं, पुस २५

इसेवा मार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उदेश्य राखेको थियो । सरकारको यो नीतिलाई हामीले कार्यान्वयन गर्ने अभियानमा छौँ । यसै सम्बन्धमा सबै सरकारी कार्यालयको भुक्तानीलाई पनि डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडी बढाएका छौँ । हाम्रो देशभर रहेको एजेन्ट नेटवर्क मार्फत देशको जुनसुकै कुनाबाट कर तिर्न मिल्ने अवस्थामा आइपुगेका छौँ । यसबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिल्नेछ भन्ने विश्वास लिएका छौँ’ ।
हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको भनाई रहेको छ ।
इसेवा मार्फत कर तिर्नका लागि सर्बप्रथम आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरि ट्याक्स्पेयर लगइनमा (त्बहउबथभच ीयनष्ल० क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्नेछ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ । सोही गरिसकेपछि आर्थिक वर्ष छनोट गरि जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरि इसेवाको वेभसाइट खोल्नु पर्नेछ । त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिस
९ँष्लबलअष्ब िऋयmउतचयििभच न्भलभचब िइााष्अभ० मा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफुले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरि कर भुक्तानी गर्न सकिनेछ । आफुले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेभसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पुरा भएको ( ऋयmउभितभ० भनेर देखिनेछ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया