

अमेरिका कोरोना खोप फाइजरलाई अनुमती दिन सिफासिर





एजेन्सी , मंसिर २६
अमेरिकामा मेडिकल विशेषज्ञहरुले फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)लाई फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेका छन् । बिहीबार एफडीएका विशेषज्ञहरुको २३ सदस्यीय बैठकले यो खोपको प्रयोगका लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको हो । यो खोपलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले यसअघि नै अनुमति दिइसकेका छन् ।
फाइजरको कोरोना खोपलाई एफडीएका खोप प्रमुखले आधिकारिकरुपमा अनुमति दिन बाँकी छ । अबको केही दिनमा नै अमेरिकामा फाइजरको कोरोना खोपले अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । कोरोना भाइरसका कारण अमेरिकामा बुधबार मात्र तीन हजारभन्दा धेरैको मृत्यु भएको थियो । एकैदिनमा मृत्यु हुनेको यो संख्या अमेरिकामा अहिलेसम्मकै उच्च हो । अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई लाख ९२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
स्रोत : बीबीसी


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया