

सूर्यबाट उछिट्टियो आगोको विशालकाय लप्का





एजेन्सी, मंसिर २५

पृथ्वीमा जीवनका प्रमुख स्रोतहरुमध्येका पनि प्रमुख सूर्य हो । सूर्य नहुँदो हो र हाम्रो पृथ्वी सूर्यबाट ठिक्कको दुरी (वसोबासयोग्य क्षेत्र)मा अवस्थित नहुँदो हो त पृथ्वीमा जीवन सम्भव नै थिएन । औसत रुपमा किलोमिटर टाढा रहेको सूर्यलाई पृथ्वीबाट हेर्दा शान्त र सौम्य देखिन्छ । तर वास्तवमै सूर्य कहिल्यै शान्त रहेको हुँदैन । आगोको विशालकाय भट्टीको रुपमा तुलना गर्न सकिने सूर्यमा भयानक उथलपुथल, आँधीव्यहोरी र बबण्डर मच्चिइरहेका हुन्छन् । त्यसक्रममा सूर्यबाट आगोका लप्काहरु निस्किएर लाखौं–करोडौं किलोमिटर परसम्म उछिट्टिइरहेका हुन्छन् । सूर्यको सतहबाट उछिट्टिएर लाखौं किलोमिटर परसम्म आगोको लप्का जाने प्रक्रियालाई कोरोनल मास इजेक्सन भनिन्छ ।
सूर्यमा त्यस्ता उथलपुथल नियमित रुपमा भइरहे पनि कहिलेकाहीँ त्यो अत्यन्तै तीब्र हुने गर्छ । वैज्ञानिकहरुका अनुसार, आजभोलि सूर्यमा त्यस्तो प्रक्रिया चलिरहेको छ । गत १० दिनअघि मात्रै सूर्यबाट आगोका एउटा अत्यन्तै विशाल लप्का उछिट्टिएर सूर्यमण्डलतिर फैलिएको छ । त्यसैको प्रभाव, आजभोलि पृथ्वीका विभिन्न भागका आकाशमा रंगीचंगी, अद्भूत सौन्दर्यमय दृश्य देखापर्ने सम्भावना पैदा भएको छ । त्यसलाई वैज्ञानिक भाषामा नर्दन लाइट्स भनिन्छ ।
खासमा, कोरोनल मास इजेक्सनको बेलामा सूर्यबाट उछिट्टिएर आएका कणहरु र त्यहाँबाट निस्किएको चुम्बकीय फिल्ड हाम्रो वायुमण्डलमा प्रवेश गरेर कैद भएपछि वायुमण्डलमा रहेको अक्सिजन र नाइट्रोजनसँग प्रतिक्रिया भई त्यसले प्रकाशका फोटोनहरु पैदा गरिदिन्छ । ती फोटोनहरुका कारण वायुमण्डलमा प्रकाशका रंगीचंगी अद्भूत सौन्दर्यमय दृश्यहरु देखापर्छन् ।
सामान्यतः त्यस्ता दृश्यको रंग उज्यालो हरियो हुने गर्छ । तर संयोग जुर्यो भने रातोदेखि गुलाबीसम्म वा नीलोदेखि वैजनी रंगसम्मका अद्भूत दृश्य देखिने मौका पनि हात पर्न सक्छ । अस्ति केहीदिनदेखि शुरु भएको यो प्रक्रिया आज रातिसम्म देखापर्न सक्छ ।
कोरोनल मास इजेक्सनले त्यस्तो अद्भूत सौन्दर्यमय दृश्य मात्रै पैदा गर्दैन, त्यसले पृथ्वीका सञ्चार प्रणालीमा समेत असर पुर्याउन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । त्यसअनुसार, सूर्यबाट उछिट्टिएको उच्च चार्जसहितको त्यस्तो आगोका लप्काहरुका दुस्परिणामस्वरुप पृथ्वीको जिपिएस प्रणालीमा गडबड पैदा हुने, विद्युतीय ग्रीडमा असर पुग्ने, भुउपग्रहहरुको कार्यमा अस्थायी रुपमा गडबडी पैदा हुन सक्ने, पृथ्वीका सञ्चार प्रणालीमा समस्या पैदा हुन सक्नेछ ।
त्यसो त डिसेम्बर महिनाका उल्लेख्य खगोलीय गतिविधि यो मात्रै होइन । यसै महिनाको २१ तारिख अर्थात् आजबाट ठीक २१ दिनपछि हाम्रो सौर्यमण्डलका दुई भीमकाय ग्रहहर वृहस्पति र शनि पृथ्वीबाट एकैलाइनमा दृश्यगोचर हुँदैछन् । यो भनेको विगत मध्ययुगीनकालपछि पहिलो पटक हुन गइरहेको अद्भूत तर नियमित खगोलीय संयोगको घटना हो ।
एजेन्सीहरुको सहयोगमा


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया