

झ्याल ढोका बन्द गरी ,हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक



केही दिनदेखि चिसो बढ्दै गएको छ । चिसोबाट जोगिन धेरैले न्यानोका लागि विद्युतीय उपकरण प्रयोग गर्छन् । आगो ताप्दा झ्याल ढोका बन्द गर्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि निक्कै हानिकारक हुने डाक्टरले बताएका छन् ।
जाडो छल्नका लागि अपनाइने यस्ता उपायले ज्यानै समेत जानसक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । नेपाल मेडिकल कलेजका कम्युनिटी मेडिसिन विभागका प्रमुख डाक्टर सुनिलकुमार जोशीका अनुसार चिसोमा समयमा कृत्रिम तातोभन्दा पनि प्राकृतिक विकल्प नै खोज्नुपर्ने हुन्छ ।झ्याल ढोका थुनेर हिटर, कोइला वा आगो ताप्दा वातावरणमा भएको ओसिलो हावालाई सोसिदिने गर्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुख्खा हुने, शरीर चिलाउने, समस्या हुन सक्छ । बालबालिकालाई त झन् यसले निक्कै असर गर्ने उहाँको भनाइ छ । अक्सिजनको मात्रा कम गराउने भएकाले श्वास प्रश्वासको समस्या भएकाहरुलाई हिटरको तातोमा सास फेर्न गाह्रो हुन सक्छ ।
कतिपय अवस्थामा ज्यान नै जान सक्ने भएकाले सावधानी अपनाउन डाक्टर जोशीको सुझाव छ । यसरी कृत्रिम तरिकाले कोठालाई तातो बनाउनुभन्दा पनि बरु शरीरलाई न्यानो राख्न तातो कपडा लगाउने, तातो झोलिलो पदार्थ खाने र हातमा पञ्जा तथा टाउकोमा टोपी लगाउने गर्नुपर्छ । कोइला, हिटर वा आगो ताप्नै परेमा पनि झ्याल ढोका खोलेर मात्रै ताप्नुपर्नेमा उहाँको जोड छ । यस्तै चिसो मौसममा बिहानको चिसोमा बाहिर नहिँड्दा नै राम्रो हुने डाक्टर जोशी बताउनुहुन्छ । चिसो समयमा बाहिर निस्कँदा प्रदूषण मिसिएको चिसो हावाले निमोनिया, स्वासप्रश्वास, एलर्जी, रुघाखोकीलगायतका स्वास्थ्य समस्या हुन सक्ने उहाँले बताउनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया