

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरमा पनि सुरु


अजय मिश्र, कृष्णनगर, मंसिर १०

कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । लैंगिक हिंसा अन्तय को प्रतिबद्धता: व्यक्ति समाज र सबैको ऐक्याबद्धता भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,सुआहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत विजय कुमार कार्की को प्रमुख आतिथ्य रहेको कार्यक्रमको अधिकृत कार्किले दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख शब्नम खातुन, कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख युम माया,उधोग बाणिज्य संघका प्रतिनिधि, विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,ट्राफिक प्रहरी र नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा पि.आर.सि का कपिलवस्तु संयोजक निशा पन्थीले स्वागत मन्तब्य रहेको कार्यक्रम ईस्वरी पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न आफ्नत नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताउनु भयो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया