

सुत्केरी महिलाहरुलाई पोषिलो समाग्री वितरण


धनी राम काेरी कपिलवस्तु , ८ मंसिर
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. सुत्केरी महिलाहरुलाई पोषणयुक्त समाग्री वितरण गरिएको छ । वडा नं. ९ को वडा कार्यालयको अर्थिक सहयोग र निग्लीहवा स्वास्थ्य चौकीको अयोजनामा साना किसान सहकारी संस्थाको समन्वयमा अण्डा तथा घ्यू वितरण गरिएको छ । घरमा शुन्य सुत्केरी गराउने उद्देश्यले सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको स्वास्थ्य चौकी प्रमुख हरिराम चौधरीले बताउनु भएको छ ।

उनले भने यस वडा भि रहेका सुत्केरी महिलाहरुलाई अण्डा र घ्यू वितरण गरिएको छ । खास गरि कोरोनाको करणले गर्दा सुत्केरी महिलाहरुलाई पोषणमा समस्य भईरहेकोले हामीले पोषणयुक्त समाग्री वितरण गरेका छौ । यता कपिलवस्तु नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउनेलाई १ हजार रुपैया पोषण भत्ता दिने निर्णय गरेको छ । त्यही अनुसार वडाको सिफारीसमा हामी पोषण भत्ता उपल्बध गराउने गरेको स्वास्थ्य शाखा संयोजक उमेश गुप्ताले बताएका छन । हाम्रो वडामा विकास निर्माणको कार्य गरिरहेका छौ ।
विकास निमार्णको कार्य संगै सुत्केरी महिलाहरुलाई पनि मध्य नजर गर्दै वडाबाट पोषिलो समाग्री वितरणका लागि बजेट राखेका थियो । त्यही अनुसार आज वितरण गरिएको वडा अध्यक्ष शिवबहादुर वाग्लेले बताएका छन । उनले भने अगामी दिनमा यस भन्दा राम्रो योजना ल्यउने छौ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया