

दराजले तोड्यो ११.११ सेलका पछिल्ला रेकर्डहरु


मंसिर ३, ई–साझाकुरा
नेपालको अनलाइन बजार दराजले ११.११ सेलका सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ।११.११ सेल सुरू भएको पहिलो घण्टाभित्र दराजले २.२२ करोडको बिक्री दर्ता गरेको थियो। जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।
उक्त सेल डेमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो। ७ हजार भन्दा बढी विक्रेताहरूले २८ वटा विभिन्न शहरहरूमा व्यापार गर्न सफल भएको दराजको भनाइ छ।

वालेट र कार्ड मार्फत गरिने अनलाईन पेमेन्टमा पनि गत वर्ष भन्दा वृद्धि देखियो। यो पुरै सेलको ४५ प्रतिशत थियो।
दराजका अनुसार यो पटक ११.११ मा गत बर्षको भन्दा तुलनात्मक रुपले बढी संख्यामा बिक्री भएको देखियो।
सेलको मुख्य हाइलाइटहरू मध्ये पोको सी वान र एम २ फोन अभियान सुरु भएको पहिलो घण्टा भित्रै बिक्री भइसकेहको थियो। कोरोना महामारीका कारण बजारमा कम व्यापार भइरहेको छ। तर, ११.११ धेरै व्यवसायहरूको लागि सफलताको वरदान भएको दराजले बतायो।
‘यस्ता सेल अभियानहरु साना र मझौला आकारका व्यवसायहरूलाई आफ्नो उत्पादन बेच्न एक प्लेटफर्म हुन्छन्।
ग्राहकहरूले पनि आवश्यकताहरू सुरक्षित रूपमा पूरा गर्न सक्छन्’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।यस वर्षको ११.११ मा गत दुई वर्ष भन्दा अझ बढी प्रयोगकर्ताहरू, विक्रेताहरू र खरिदकर्ताहरु थिए।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया